बाढीपहिरोबाट देशभर १ सय १२ जनाको मृत्यु, ६८ जना बेपत्ता

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरोबाट देशभर १ सय १२ जनाको मृत्यु, ६८ जना बेपत्ता

काठमाडौ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।

सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ३७ जनाको मृत्यु भएको छ । काठमाडौँमा १२, भक्तपुरमा पाँच र ललितपुरमा २० जनाको मृत्यु भएको छ ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement