संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ : अध्यक्ष मगर

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।

आयोगले आज ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष मगरले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यौनजन्य हिंसाहरुलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताउनुभयो । पीडकले सजाय र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउनुपर्नेमा अध्यक्ष मगरले जोड दिनुभयो ।

आयोगले आफूले गरेका सिफारिस कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement