बुटवलको डेल्टा भवनमा आगलागी, १२ दमकल परिचालन [तस्बिरसहित]

असार ६, २०८१ |अमृता अनमोल
बुटवलको डेल्टा भवनमा आगलागी, १२ दमकल परिचालन [तस्बिरसहित]

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । साँझ करिब साढे ७ बजे लागेको आगो अहिले पनि आगो निभाउने प्रयास भइरहेको छ ।

अहिले रुपन्देहीसहित छिमेकी जिल्ला नवलपरासी पश्चिमका १२ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

डेल्टा कम्प्लेसको चौथो तल्लाबाट लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र स्थानीय बासिनदा जुटेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तकलगायत किराना सबै प्रकारका सामान बिक्री हुँदै आइरहेको छ । आगलागी खेलकुदका सामग्री रहेको चौथो तलाबाट सुरु भएको सञ्चालक घनश्याम पाठकले बताउनुभयो ।

बुटवलको बीच भागमा रहेको डेल्टा आसपास ठुलाठुला भवन र मानव बस्ती छ । आगो निभाउनेभन्दा अरु घरमा आगो लाग्न नदिने उपायसहित सुरक्षाकर्मी खटेको प्रहरीले जनाएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement