कार दुर्घटनामा ३८ वर्षीय राजेन्द्रप्रसादको मृत्यु

जेष्ठ ५, २०८१ |सुशीला पाठक
कार दुर्घटनामा ३८ वर्षीय राजेन्द्रप्रसादको मृत्यु
प्रतीकात्मक तस्बिर ।

विराटनगर । विराटनगरमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका दुईपिपल चोकमा शनिबार बिहान भएको दुर्घटनामा विराटनगर ५ का ३८ वर्षीय राजेन्द्रप्रसाद यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

गुडिरहेको कार अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

तीव्र गतिका कारण कार दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ । कारभित्र चालक मात्रै रहेको खुलेको छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको बस्नेतले बताउनुभयो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement