सप्तरीको कञ्चनरुपमा भीषण आगलागी, २३ घर जले

वैशाख ९, २०८१ |आरएन विश्वास
सप्तरीको कञ्चनरुपमा भीषण आगलागी, २३ घर जले

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ५, पडेमारास्थित सरदार टोलमा आज (आइतबार) दिउँसो ३ बजे भीषण आगलागी भएको छ ।

आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण पनि आउन बाँकी छ ।

आगोलाई सुरक्षाकर्मी, स्थानीय बासिन्दा र तीनवटा दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

यो पनि...

देशका विभिन्न स्थानमा डढेलो र आगलागी

डढेलोमा परी वृद्धाको मृत्यु, ४ वटा घर नष्ट

पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा लागेको डढेलो अझै नियन्त्रणमा आएन


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।