पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा लागेको डढेलो अझै नियन्त्रणमा आएन

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा लागेको डढेलो अझै नियन्त्रणमा आएन

काठमाडौं । पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन् ।

पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सामुदायिक र राष्ट्रिय वनमा शनिबारदेखि लागेको डढेलो बस्तीमा पस्दा झन्डै एक सय घरगोठ जलेका हुन् । पाल्पाको सिलुवा, झडेवा, सोमादी लगायतका स्थानमा १४ भन्दा बढी घरगोठ जलेको छ । डढेलो निभाउने क्रममा पाल्पामा दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीको इस्मा गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ४० भन्दा बढी घरगोठ जलेको छ । यसैगरी अर्घाखाँचीको भूमिकास्थानमा लागेको डढेलो बस्तीमा पसेर २० भन्दा बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरि रोल्पाको लुंग्री गाउँपालिका-१ पाङस्थित जंगलमा लागेको डडेलो वस्तीमा फैलिँदा ८ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट गुल्मीको इस्मा गाउँपालिका– १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन् ।

आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ । यसैगरी रोल्पाको लुंग्री गाउँपालिका-१ पाङस्थित जंगलमा लागेको डडेलो वस्तीमा फैलिदा ८ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट लत्ताकपडा, खाद्यान्नलगायत केही पशुचौपाया जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी भरत लामाले बताउनुभएको छ ।

यो पनि..

देशका विभिन्न स्थानमा डढेलो र आगलागी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.