पाँचखालमा बाँधेर जलाइएको अवस्थामा एक जनाको शव भेटियो

वैशाख २८, २०८१ |पुजन धिताल
पाँचखालमा बाँधेर जलाइएको अवस्थामा एक जनाको शव भेटियो

काभ्रे । काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

पाँचखाल- ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्ण रूपमा जलेको अवस्थामा पुरुषको शव भेटिएको काभ्रे प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको हो । शवको पहिचान भने हुन सकेको छैन ।

उक्त शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको प्रहरीले जनाएको छ । प्रकृति हेर्दा घटना १५/२० दिन अघिको हुन सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा कुकुरसहितको प्रहरीको टोलीले अनुसन्धान गर्दै गरेको काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।