काठमाडौं । नेपाल मोबिलिटी सोलुसन्सले ‘जुमजुम’ नामक नयाँ राइड सेयरिङ प्लेटर्फम सञ्चालनमा ल्याएको छ ।
सहज यात्राका लागि नयाँ विशेषताका साथ ‘जुमजुम’ राइड सेयरिङ प्लेटर्फम सञ्चालनमा ल्याइएको काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपाली कम्पनी एफवन सफ्ट ग्रुपका विज्ञद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिकमीद्वारा विकसित एप ‘जुमजुम’ ले नेपालको यातायात क्षेत्रमा परिवर्तन ल्याउने अपेक्षा कम्पनीले गरेको छ ।
ई-सेवामार्फत भुक्तानी, गुगल म्याप प्रयोगजस्ता सुविधाका साथै प्रयोगकर्ताका लागि बिमा कभरेजसमेत गरिएको छ ।
जुमजुममा हालसम्म दुई हजार राइडर दर्ता भइसकेका छन् । दुईपांग्रे सवारीसाधनबाट सुरु भएको जुमुजुमको सेवा अब चारपांग्रेबाट पनि दिइने कम्पनीको योजना छ ।