सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ

पुस १३, २०८० |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ

काठमाडौं । सहकारी ठगीको फरार सूचीमा रहेका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । 

दर्लामी लुकीछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले हिजो पक्राउ गरेको हो । पक्राउ परेका दर्लामीलाई पोखरा लगिँदै छ ।

रकम हिनामिना उजुरीपछि उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाखभन्दा धेरै रकम हिनामिना भएको छ ।

सम्बन्धित समाचार...

सहकारीको बेथिति, बचतकर्ताको बिल्लीबाठ

गैरसदस्यलाई बिनाधितो ऋण दिँदा...


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement