खुकुरी प्रहार गरी महिलाको हत्या

मंसिर १८, २०८० |अर्जुन सुवेदी
खुकुरी प्रहार गरी महिलाको हत्या
प्रतीकात्मक तस्बिर

सुनसरी । सुनसरीको इटहरीमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ ।

इटहरी २, शान्तिझोडास्थित राई टोलमा बस्दै आएकी ६५ वर्षीया मधुमाया पुरीको हत्या भएको हो । प्रहरीका अनुसार पुरीको सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट सख्त घाइते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement