पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर, झन्डै २ करोड बिगोसहित जरिवाना

आश्विन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर, झन्डै २ करोड बिगोसहित जरिवाना

काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ सालमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो । चार करोड ४५ लाख २७ हजार जरिवाना र सोहीबमोजिमको बिगो माग दाबीसहित दायर भएको मुद्दामा अदालतले श्रेष्ठलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले श्रेष्ठलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५ सय जरिवाना र त्यहीअनुसार बिगो भराउने फैसला गरेको हो ।

तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारमा श्रेष्ठ शान्ति तथा पुनर्निर्माणमन्त्री र पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.