पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

पाँचथर । मेची राजमार्गको फिदिम-इलाम सडक खण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका- ३ कान्छी दोकानमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना सिकिस्त घाइते भएका छन् ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार प्रदेश १–०१–००१ च ९३४९ नम्बरको कार शुक्रबार राति करिब ८ बजे सडकदेखि २ सय मिटर तल खसेको थियो । दुर्घटनामा झापाको बिर्तामोड - १ निवासी १८ वर्षीय रश्मीट भुजेलको मृत्यु भएको हो । सिकिस्त घाइते भएकी रश्मीलाई प्रहरीले उद्धार गरेर उपचारार्थ पाँचथर अस्पताल पुर्‍याँउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कारमा सवार तीन जनाको अवस्था चिन्ताजनक रहको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए ।

उनकाअनुसार बिर्तामोड - १ का राजु भुजेल, सीता भुजेल, लिला भुजेल घाइते छन् । उनीहरुलाई उद्धार गरी राति नै झापाको बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका १३ वर्षीय राजमोहन भुजेल सकुशल छन् । दुर्घटना राति ८ बजे भएको अनुमान गरिएको छ । दुर्घटनाको कारण भने पत्तो नलागेको प्रहरीको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.