सप्तरीको टेंगरी गाउँका आगलागी पीडितको बिचल्ली

चैत्र १, २०७८
सप्तरीको टेंगरी गाउँका आगलागी पीडितको बिचल्ली

सामान्य परिवारका खेती किसानी तथा मजदुरी गरी जीविकोपार्जन गर्ने सप्तरीको टेंगरी गाउँमा भएको आगलागीमा परी सर्वस्व गुमाएका ११ घरका ६४ जना विचल्लीमा परेका छन् । कुनै पनि निकायले अहिलेसम्म ओत लाग्ने छानोको व्यवस्था नगर्दा तीन दिनदेखि अग्निपिडितहरु खुला आकाशमुनि बस्न बाध्य छन् ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ टेंगरीका डम्बर यादव आउँदो बैशाखमा छोरीको बिहे गर्ने तयारीमा थिए । तर शनिवार राति भएको आगलागीमा जोहो गरेर राखेको नगद २ लाख ५० हजार रुपैयाँ, सुनचाँदी, लताकपडासँगै छोरीको बिहे गर्ने यादव परिवारको सपना पनि आगलागीले चकनाचुर भयो । आगोको भुसमा अहिले उनी भेटिन्छ कि भनेर सुनचाँदी खोजिरहन्छ ।

घर र घरमा रहेका खाधान्न सबै आगलागीमा डढ्यो । छोरीको बिहे गर्न राखेको २ लाख ५० हजार रुपैयाँ, सुन चाँदी सबै खरानी भयो । गाउँको खेती हुने जग्गा बिक्री गरेर अर्को ठाउँमा नयाँ जग्गा खरिद गर्न जोहो गरेर राखेको नगद ४ लाख रुपैयाँ स्थानीय भोला यादवको पनि सोही आगलागीमा डढेर खरानी भयो । टेंगरीको आगलागीमा परी डम्बर र भोला जस्तै अन्य ९ परिवारको हालत पनि यस्तै छ । घरमा आगो लागेर ५ वटा घर, सुन, धान चामल गहुँ डढ्यो । जग्गा बिक्री गरेर राखेको ४ लाख रुपैयाँ पनि डढ्यो ।

शनिबार मध्यरातमा भएको आगलागीमा दुई करोडको धनमाल क्षति भएको र आगलागी कुन कारणले भएको अहिलेसम्म यकिन हुन सकेको छैन । आगलागीबाट गाउँका ३४ वटा घरगोठ जलेर खरानी भएका छन् । स्थानीय सरकारले ११ अग्नीपीडित परिवारलाई २५ केजी चामल, मुराही, च्यूरा बाँडेको छ । बस्ने बास र  खाने अन्न नै आफूहरुको पहिलो आवश्यकता भएको पीडितहरुको भनाइ छ । सरकारसँग उनीहरुले तत्काल पुनर्स्थानाको माग गरेका छन् । 

 


Enter Kantipur TV HD
Advertisement