मतदानमा महिला सहभागितामा बृद्धि

वैशाख ३१, २०७९
मतदानमा महिला सहभागितामा बृद्धि

स्थानीय तहलाई नागरिकको घरदैलोको सरकार मानिन्छ । जसले नागरिकको नजिकमा रहेर सामान्य विवाद मिलाउनेदेखि विकासका योजना बनाउादै कार्यान्वयन गर्छ । स्थानीय तहका तिनै जनप्रतिनिधि चुन्न सिमान्तकृत समुदाय, अल्पसंख्यक र अपांगता भएका व्यक्तिसमेत उत्साहपूर्वक सहभागी भए ।

घरको चौघेरामा सिमित रुपन्देहीको मर्चवारका यी महिलाहरु अरु समयमा घरबाहिर निस्कन्नन् । तर, ढोका अगाडिको सरकार स्थानीय तह चलाउने ५ वर्षको नेतृत्व छनोट गर्न निकै उत्साही भएर मतदानकेन्द्रसम्म आएर र भोट हाले । विकासको मूल प्रवाह र संघीय सरकारबाट ओझेलमा परेका क्षेत्र, वर्ग र समुदायका नागरिक स्थानीय तहमा समेटिएका छन् । नागरिकका घरायसी विवाद मिलाउनदेखि विकास योजनामा बनाउने र कार्यान्वयन गर्ने अधिकार अहिले स्थानीय तहमा छ । यसैले होला चर्को घामको प्रवाह नगरी अल्पसंख्यक, पिछडा वर्ग, मुस्लिम, सिमान्तकृतलगायतका समुदायका व्यक्तिले पनि उत्सुकतापूर्वक मतदान गरे ।

संघीयतासागै सिंहदरबारमा रहेको अधिकार गाउागाउामा आएको मात्रै छैन, एउटै वडाबाट ५ जनालाई शासन सञ्चालनको जिम्मेबारीमा पुर्‍याएको छ । आफ्नै टोल छिमेकका व्यक्तिलाई जिताउन भन्दै अरुको सहारा लिनुपर्ने असक्त, असहाय, ज्येठ नागरिक व्यक्ति ह्वील चियरदेखि, ठेलागाडा र आफन्तको बुइ चढेर पनि मतदानमा सहभागी भए । आफ्नो गाउानगर चलाउने नेतृत्व छनोट गनोट गर्न उत्साहपूर्वक मतदान गरेका मतदाताहरु अब मत परिणामको पर्खाइमा छन् ।