काठमाडौं । इजरायली सेना प्रमुख इयाल जमीरले बन्धक रिहा नभएसम्म गाजामा लडाइँ जारी रहने चेतावनी दिनु भएको छ ।
सेना प्रमुख लेफ्टिनेन्ट जनरल जमीरले विज्ञप्तिमार्फत् आगामी दिनमा बन्धकहरूको रिहाइका लागि सहमतिमा नपुगे युद्ध जारी रहने बताउनु भएको हो ।
इजरायली सेनाले सार्वननिक गरेको भिडियोमा जमीरले कमान्ड सेन्टरमा सैनिक र अधिकारीहरूलाई भेट्दै गरेको देखाइएको छ । प्यालेस्टिनी सशस्त्र समूहहरूले यसै साता बन्धकका दुई वटा भिडियो सार्वजनिक गरेका थिए ।
यसअघि संयुक्त राज्य अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा–युद्धविराम र बन्दकहरुको रिहाइको लागि आयोजित वार्ता सफल हुन नसके पछि हाल युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ।
यसैबीच सहायता निकायहरूले इजरायली प्रतिबन्धका कारण गाजाबासीले विनाशकारी अनिकालको सामना गरिरहेको चेतावनी दिएका छन् । तथापि, जमीरले यी आरोपलाई अस्वीकार गर्दै गाजाका बासिन्दाहरूको हत्या र पीडाको जिम्मेवार हमास भएको उल्लेख गर्नु भएको छ ।