काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डनल्ड ट्रम्पमाथि अर्को हत्या प्रयासको आशंका गरिएको छ ।
सीएनएनका अनुसार ट्रम्पले गत शनिबार क्यालिफोर्नियाको कोचेलामा एक र्यालीलाई सम्बोधन गरिरहनुभएको बेला सुरक्षाकर्मीहरूले एक हतियारधारीलाई पक्राउ गरेको हो ।
अभियुक्त भनिएका व्यक्तिको कालो एसयूभी कारबाट प्रहरीले एक थान भरुवा बन्दुक, एक थान ह्यान्ड गन र १ थान उच्च क्षमताको म्यागजिन बरामद गरेको सीएनएनको रिपोर्टमा उल्लेख गरिएको छ । रभरसाइड काउन्टी शेरिफका प्रहरी प्रमुखले प्रेस कन्फेरेन्समार्फत यस घटनाको बारेमा पूर्ण विवरण दिएका छन् ।
वेम मिलर नाम गरेको ४९ वर्षीय अभियुक्तको प्रहरीले जनाएको छ । पुनः एक पटक ट्रम्पलाई निशाना बनाइएको बताइएपनि एफबीआईले अनुसन्धान थालेको बताइएको छ ।
यस घटनाले ट्रम्प र र्यालीमा उपस्थित मानिसहरूको सुरक्षामा कुनै असर भने नपरेको बताइएको छ । यद्यपि ट्रम्पको अभियान टोलीबाट यस घटनाको बारेमा कुनै आधिकारिक बयान जारी गरिएको छैन । यसअघि तीन महिना अघि पेन्सिलभेनियाको बटलर शहरमा एक र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।
त्यस्तै सेप्टेम्बर १६ मा ट्रम्पमाथि घातक हमला गर्ने प्रयास गरिएको थियो । ट्रम्प त्यतिबेला फ्लोरिडाको पाम बीच काउन्टीमा रहेको अन्तर्राष्ट्रिय गल्फ क्लबमा खेलिरहनुभएको थियो । त्यसपछि आफ्नो सुरक्षामा खटिएका सेक्रेट सर्भिस एजेन्टले झाडीमा हतियार लिएर लुकेर बसेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो ।
अमेरिकी राष्ट्रपतिको सुरक्षाको जिम्मा लिने सीक्रेट सर्भिसले एक विज्ञप्ति जारी गरी घटनाबारे जानकारी दिँदै ट्रम्पको सुरक्षामा कुनै असर नपरेको जनाएको हो । र्यालीमा तैनाथ सुरक्षाकर्मी र स्थानीय साझेदारहरूले उचित सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।