प्यालेस्टिनीलक्षित इजरायली सेनाको आक्रमणबाट कम्तिमा १५ जनाको मृत्यु

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्यालेस्टिनीलक्षित इजरायली सेनाको आक्रमणबाट कम्तिमा १५ जनाको मृत्यु

काठमाडौं । मध्य गाजामा विद्यालयमा शरण लिएर बसेका प्यालेस्टिनीलक्षित इजरायली सेनाले गरेको आक्रमण कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

हमासद्वारा सञ्चालित रक्षा एजेन्सीले नुसेरत शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणमा परी एकै परिवारका सदस्यसहित १५ जनाको मृत्यु भएको बताएको हो । आक्रमणमा दर्जनौँ घाइते भएका छन् ।

इजरायली डिफेन्स फोर्स-आइडीएफले उक्त हमालको अनुसन्धानसँगै रिपोर्ट हेरिरहेको बताएको छ । यसअघि उत्तरी गाजाको सडकमा इजरायली सेनाले गरेको ड्रोन आक्रमणमा परी खेलिरहेका करिब ५ जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

रक्षा एजेन्सीका प्रवक्ताले सयौँ गाजाबासीहरू शरण लिएर बसेको मध्ये गाजाको अल-मुफ्तीलक्षित इजरायले आक्रमण गरेको बताएको बीबीसीले जनाएको छ । आक्रमण ५० जना घाइते भएको प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

गत सातादेखि इजरायली सेनाले गाजाको उत्तरीमा भागमा आफ्नो स्थलगत आक्रमण तीव्र पारेको छ । आक्रमणमा १ सय ५० भन्दा बढीको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement