ताइवानको तटीय क्षेत्रमा चिनियाँ सेनाको घेराबन्दी, सैन्य अभ्यास जारी

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
ताइवानको तटीय क्षेत्रमा चिनियाँ सेनाको घेराबन्दी, सैन्य अभ्यास जारी

काठमाडौं । चीनले ताइवानको तटीय क्षेत्रलाई चारैतिरबाट घेरेर सैन्य अभ्यास गरिरहेको छ ।

चिनियाँ लिबरेसन आर्मी-पीएलएको इस्टर्न थिएटर कमाण्डले ताइवानको उत्तर, दक्षिण र पूर्वी भागमा हवाई, जल र स्थल सेनालाई आक्रामक सैन्य अभ्यास गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अभ्यासलाई चीनले ‘२०२४ बी’ नाम दिएको छ ।

केहि दिनअघि ताइवानका राष्ट्रपति चीङ तेले ताइवानको नेतृत्व गर्न चीनको कुनै अधिकार नरहेकाले उसको नियन्त्रण स्वीकार्य नहुने चेतावनी दिनुभएको थियो । सोही वक्तव्यको जवाफमा चीनले ताइवानलाई घेराबन्दी गरेर सैन्य अभ्यासलाई तीव्रता दिएको बताइएको छ ।

अभ्यास क्रममा ताइवानमा आक्रमणको अनूकरण गरिएको चिनियाँ सेनाले बताएको बीबीसीले जनाएको छ ।

यसैबीच ताइवानको रक्षा मन्त्रालयले चीनको व्यवहारको कडा निन्दा गर्दै स्वतन्त्रता, लोकतन्त्र र सार्वभौमसत्ताको रक्षा गर्न उपयुक्त सेना आफूहरुले परिचालन गरेको बताएको छ । अमेरिकी प्रशासनले भने चीन सैन्य अभ्यासको निरिक्षण गरिरहेको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement