काठमाडौं । स्पेसएक्सले आफ्नो सबैभन्दा महत्त्वाकांक्षी स्टारसिपको पाँचौँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
परीक्षणमध्येको सबैभन्दा महत्त्वपूर्ण स्पेसएक्सको बुस्टरलाई लन्च प्याडमा राखिएको ‘मेकानिकल आर्म’ले पहिलो पटक ल्यान्डिङ समयमा समात्न सफल भएको हो । जसलाई इन्जिनियरिङको इतिहासमा ऐतिहासिक सफलता भनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कम्पनीको स्टारसिप फ्लाइट-५ आधिकारिक रूपमा मेक्सिकोको खाडी नजिकै दक्षिणी टेक्ससस्थित कम्पनीको बेसबाट नेपाली समयअनुसार आइतबार बेलुका साढे ५ बजे उडेको थियो । उक्त प्रक्षेपणलाई कम्पनीले आफ्नो एक्स प्लेटफर्ममार्फत समेत प्रत्यक्ष प्रसारण गरेको थियो ।
फ्लाइट-५ स्पेसएक्सको विशाल स्टारसिप र सुपर हेभी रकेटको पाँचौँ परीक्षण उडान हो । यसअघि मेक्सिकोको खाडीबाट चार स्टारसिपले उडान भरेको थिए । तर सबै असफल भएका थिए । कम्पनीले स्टारसिपमार्फत आगामी दिनमा चन्द्रमा र मंगल ग्रहमा मानिसलाई पुर्याउने लक्ष्यसमेत राखेको छ ।