काठमाडौं । अमेरिकामा मिल्टन नामक शक्तिशाली समुद्री आँधी फ्लोरिडाको टम्पा खाडीको तटतर्फ अघि बढेको छ । आँधीले ल्याउनसक्ने विशानबाट बच्न फ्लोरिडा प्रशासनले तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ ।
१० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । हेलेन आँधीले विनाश गरेको दुई हप्ताभन्दा कम समयमै अमेरिकामा अर्को ठूलो आँधीले नोक्सान गर्ने देखिएको हो । फ्लोरिडामा आपतकाल घोषणा गरिएको छ । आँधीका कारण १२७ देखि २७० मिलिमिटर वा सोभन्दा बढी वर्षा हुने सम्भावना छ ।
आजका लागि तय गरिएका १५ सयभन्दा बढी हवाई उडान रद्ध भएका छन् । राष्ट्रपति बाइडनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमण पनि स्थगन गर्नुभएको सञ्चारमाध्यमले जनाएका छन् ।