काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा अन्तर्गत आज सम्पन्न भएको निर्वाचनको मतगणना आजै रातिबाट हुने भएको छ । तर प्रदेशसभा सदस्यका लागि बझाङमा आजै भएको निर्वाचनको मतगणना भने भोलिमात्र सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार इलाममा करिब ६० प्रतिशत मत खसेको छ भने बझाङमा करिब ५० प्रतिशत मात्रै मतदान भएको छ । अघिल्लो पटकको निर्वाचन भन्दा यसपालि इलाममा २ र बझाङमा ३ प्रतिशत मत कम खसेको हो । इलाम-२ मा अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।
१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम- २ मा १ सय ४९ वटा मतदान केन्द्रमा मतदाताले मतदान गरे । त्यहाँ १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ६१ हजार सात सय मतदाता रहेको बझाङ प्रदेश सभा १ मा तत्कालीन प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यहाँ ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मत गणना सुरू भएको १२ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।
यो पनि हेर्नुहोस् :-