आजका मुख्य समाचार,
* संवैधानिक अन्योलकै बीच कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त / बर्खास्तमा परेका मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा / राजनीतिक खिचातानीले तीन प्रदेशको विवाद अदालतमा ।
* नक्कली लाइसेन्स प्रकरणमा राजनीतिक नेतृत्व र यातायात विभागका पूर्वमहानिर्देशकहरु नै अनुसन्धानको दायरामा / ९ जना पक्राउ / बिचौलियाकै मिलेमतोमा लाइसेन्स खरिद बिक्री ।
* पदीय मर्यादाविपरीत प्रधानमन्त्री दाहालका एकपछि अर्को गैरजिम्मेवार अभिव्यक्ति / अराजनीतिक अभिव्यक्तिलाई सार्वजनिक कसुर मान्न सकिने संविधानविद्को भनाइ ।
* रफाहमा स्थल आक्रमण गरे इजरायललाई दिने हतियार रोकिदिने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी / अमेरिकाले दिएको बमबाट सर्वसाधारण मारिएको स्वीकार ।
* खेलाडीको पुरस्कार रकम निकासा गर्ने मन्त्रिपरिषद्को निर्णय / विश्वकपमा छनोट क्रिकेट टिमलाई २ करोड ४ लाख / एसियाडमा रजत जित्ने करातेकी एरिकालाई १९ लाख ।