वडा कार्यालयले गर्‍यो शैक्षिक प्रदर्शनी, ८ विद्यालयका विद्यार्थी सहभागी

माघ २०, २०७९ |कान्तिपुर टीभी संवाददाता
वडा कार्यालयले गर्‍यो शैक्षिक प्रदर्शनी, ८ विद्यालयका विद्यार्थी सहभागी

मकवानपुर । हेटौंडा उपमहानगपालिका वडा नम्बर ४ को आयोजनामा भएको बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम २०७९ लाई दश हजार जनाले अवलोकन गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा भएको बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम २०७९ लाई शिक्षक, अभिभावक र विद्यार्थी गरी १० हजार जनाले अवलोकन गरेको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

वडाभित्रका विद्यालय र विद्यार्थीबीच स्वस्थ शैक्षिक प्रतिस्पर्धा र सिकाइ आदान-प्रदानका लागि शैक्षिक प्रदर्शनीको आयोजना गरिएको अध्यक्ष सिग्देलले जनाए । बृहत् शैक्षिक प्रदर्शनीमा विद्यार्थीले विद्यालयगत रुपमा आ-आफ्ना प्रस्तुतीकरण प्रदर्शन गरेका थिए । बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम २०७९ मा हेटौंडा उपमहानगरपालिका ४ भित्रका निजी तथा समुदायिक गरी जम्मा आठ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.