यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउसहित दुईजना पक्राउ

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउसहित दुईजना पक्राउ

सिन्धुपाल्चोक । यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 बाह्रबिसे इलाका प्रहरी चेक पोस्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा वाङ्गेल तामाङ र पासाङ नुर्पु तामाङ पक्राउ परेका हुन् । प्रहरीका अनुसार यार्सागुम्बा- १०७० (तौल २०३.४३० ग्राम) वटा र ढ्याङ्ग्रो च्याउ साना ठूला गरी जम्मा ७३ (तौल ६६६.९२० ग्राम ) वटा बरामद गरिएको हो । 

तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा.प्र. ०२-०३७ प २८७५ नम्बरको मोटरसाइकलमा सवार दुई जनाले झोला भित्र लुकाई राखेको अवस्थामा यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ फेला परेको प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ परेका २ जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चौतारा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.