राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दा बढी मेगावाटका आयोजनाहरू समस्यमा : अध्यक्ष कार्की

भाद्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दा बढी मेगावाटका आयोजनाहरू समस्यमा : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दाबढी मेगावाटका आयोजनाहरू समस्यमा परेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय निकुञ्जका कारण विद्युत क्षेत्रमा धरै समस्या आइरहेको बताउनु भयो । 

संसद्ले बनाएको ऐनअनुसार निजी क्षेत्रले लगानी गरेको तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर रद्ध गरिदिएको भन्दै वन क्षेत्रमा बन्न लागेका १७ हजार भन्दा बढी मेगावाटका योजनाहरू समस्यमा परेको उहाँकाे भनाइ छ । उक्त आयोजनाका लागि झन्डै दुई खर्ब भन्दा बढी लगानी भइसकेको भन्दै राजनीतिक दलहरूले एउटा निष्कर्ष निकाल्नुपर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष कार्कीले विद्युत ऐन नेपाली जनताले लगानी गर्ने किसिमको आउनुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.