जलाशययुक्त जलविद्युत आयोजना प्राथमिकतामा राख्नुपर्छ : वर्षमान पुन

भाद्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
जलाशययुक्त जलविद्युत आयोजना प्राथमिकतामा राख्नुपर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा २० वर्षदेखि एउटै नीति रहेको बताउनुभएको हो । उहाँले जसको परिणाम आज नेपाल लोडसेडिङ मुक्त भएको जिकिर गर्नुभयो । 

साथै नेपालले छिमेकमा निर्यात गर्दै आइरहेको भन्दै नेपाल अब विद्युतमा आत्मनिर्भर बनेको उहाँले दाबी गर्नुभयो । नेपालमा नदी प्रवाहित आयोजनाहरू बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनु भयो ।

उपमहासचिव पुनले उत्पादित विद्युत विक्रीको लागि बजारको समस्या नरहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.