काठमाडौं । आगामी बजेटमा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ रकम छुट्याउन मधेश केन्द्रित दलहरूले माग गरेका छन ।
संघीय लोकतान्त्रिक मधेशी मोर्चाको काठमाडौंमा बुधबार बसेको बैठकले आगामी बजेटमा हुलाकी सडक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गजेन्द्रनारायणसिंह औद्योगिक क्षेत्र विस्तार तथा सिक्टा र बागमती सिंचाइ आयोजनामा पर्याप्त बजेट राख्नुपर्ने माग गरेका हुन् ।
यस्तै उत्तर दक्षिण सडक आयोजना, त्रियुगा नहर पुनर्निर्माणसहित शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने निर्णय मोर्चाले गरेको छ ।
मोर्चाले भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने अधिकार प्रदेशको रहेको भन्दै क्षेत्राधिकार हस्तक्षेप गरी विधेयक ल्याइएको निष्कर्ष पनि निकालेको छ ।