पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिन कार्यविधि बनाएपछि यातायात व्यवसायी आन्दोलनमा उत्रिए । यसविरुद्ध सार्वजानिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले पुरानै सिन्डिकेट प्रणाली निरन्तताको माग गर्दै आइतबार सडकमा अराजक प्रदर्शन गरे ।
व्यवसायीको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सरकारको प्रस्तावमा सहमत भएका व्यवसायीले आन्दोलन भने फिर्ता लिएका छन् ।