आजका मुख्य समाचार
* सप्तरीको महादेवामा भीषण आगलागी / झण्डै २ सय घर जले / ललितपुरमा आगो निभाउने क्रममा एकको मृत्यु/ दाङको राजपुरका आगलागीपीडित राहत र पुनर्स्थापनाको पर्खाइमा ।
* कर तिर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको अटेरी / संगठित रुपमै साढे तीन अर्ब रुपैयाँ नतिरेपछि सरकारले थाल्यो कारबाही ।
* राज्यका प्रमुख तीन अंगनै विधिको शासनमा चुक्दै / सुशासनको जिम्मेवारी बोकेका सरकारी निकायका निर्णय विवादमा / शक्ति पृथकीकरणको मर्ममाथि प्रहार ।
* आर्थिक वृद्धिदर सरकारको लक्ष्यभन्दा झण्डै आधाले कम हुने/ ३ दशमलव ८-७ प्रतिशतमा सीमित रहने तथ्यांक कार्यालयको आकलन/ उद्योग र निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक ।
* राष्ट्रिय फुटबल टोलीको इंग्ल्यान्ड भ्रमणमा एन्फाको लापर्बाही/ भिसा नआएपछि समयमै खेलाडी जान पाएनन् / एन्फाका १५ पदाधिकारीलाई भने बेलायत जान सरकारको रोक ।