सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता कोडेभर-५ मा नेपाल पुरस्कृत

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता कोडेभर-५ मा नेपाल पुरस्कृत

काठमाडौं । सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता कोडेभर-५ मा नेपाल पुरस्कृत भएको छ । मध्यपूर्वी राष्ट्र दुबईमा मे ४ र ५ मा भएको कोडेभर-५ अन्तर्राष्ट्रिय प्रतियोगितामा एसिया प्यासिफिकका विद्यार्थीले प्रदर्शन गरेको खुला जमिनमा सिँचाइ प्रविधिको नमुनाले पुरस्कार प्राप्त गरेको हो ।

उक्त नमुना प्रविधिले 'अवार्ड अफ एक्सिलेन्स २०२३-२०२४' पुरस्कार जितेको हो । 'कोडेभर- ५' मा नेपाल च्याम्पियन बनेर दुबई पुगेका एसिया प्यासिफिकका विद्यार्थीहरुले आफ्नो योजना प्रस्तुत गरेका थिए । विद्यालय तहका छात्रछात्रालाई सूचना प्रविधि मैत्री बनाउँदै कलात्मक बौद्धिकतामा अगाडि लैजाने उद्देश्यका साथ सुरु भएको प्रतियोगितामा नेपालबाट अन्य सात विद्यालय पनि सहभागी भएका छन् ।

एसिया प्यासिफिकसँगै नेपालका तीन विद्यालय पुरस्कृत भएको एसिया प्यासिफिकका शिक्षा निर्देशक राजन अधिकारीले जनाएका छन् । प्रतियोगितामा नेपालसहित १९ देशका ८ सय विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा सहभागी उत्कृष्ट छात्रछात्रा विभिन्न विधामा पुरस्कृत भएका हुन् । सबै विधाका लागि पुरस्कारको कुल रकम ४५ हजार अमेरिकी डलर राखिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.