१२औं राष्ट्रिय एमटीबी डाउनहिल प्रतियोगिता पुस पहिलो साता काठमाडौंमा हुने

मंसिर २९, २०८२ |खेल ब्युरो
१२औं राष्ट्रिय एमटीबी डाउनहिल प्रतियोगिता पुस पहिलो साता काठमाडौंमा हुने

काठमाडौं । १२औं राष्ट्रिय एमटीबी डाउनहिल तथा २०औं क्रस कन्ट्री एमटीबी प्रतियोगिता आगामी पुस पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल साइक्लिङ संघको आयोजनामा काठमाडौंमा नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुन लागेको हो । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताका लागि गोकर्ण नगरपालिकाले ट्रयाक बनाउन सहयोग गरेको छ। 

१३औं दक्षिण एसियाली खेलकुद पनि भएको सहिद स्मारक पार्कमा आगामी पुष ४ र ५ गते प्रतियोगिता हुने छ। डाउनहिल र क्रस कन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने रेस डाइरेक्टर देवेन्द्र बस्नेतले जानकारी दिएका हुन्। पुरूष तथा महिला इलिट, जुनियर , मास्टर्स र युथ गरी पाँच इभेन्टमा गरी कुल ३० पदकका लागि प्रतिस्पर्धा हुनेछन्। 

डाउनहिल र क्रस कन्ट्रीमा समान ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै विधामा मास्टर्स र जुनियरमा महिला तथा पुरूषमा गरी चार विधामा प्रतिस्पर्धा हुनेछन्।