फ्रेञ्च ओपनको क्वार्टरफाइनलमा आल्काराजकाे एकतर्फी जित

जेष्ठ २१, २०८२ |खेल ब्युरो
फ्रेञ्च ओपनको क्वार्टरफाइनलमा आल्काराजकाे एकतर्फी जित

काठमाडौं । गत संस्कणको विजेता कार्लोस आल्काराजले फ्रेञ्च ओपन टेनिसको क्वार्टरफाइनल खेलमा अमेरिकी १२औं वरियताका टमी पललाई सोझो सेटमा हराएका छन। गएराति भएको खेलमा उनले एकतर्फी जित हासिल गरेका हुन्।

मंगलबार भएको खेलमा २२ वर्षीय स्पेनिस खेलाडी आल्काराजले आक्रामक टेनिस शैलीमा अद्भुत प्रदर्शन गर्दै पललाई कुनै मौका नै दिएनन्। चार पटकको ग्रान्ड स्लाम विजेता आल्काराजले पूर्व जुनियर फ्रेञ्च ओपन च्याम्पियन पललाई प्रारम्भिक दुई सेटमा मात्र ५३ मिनेटमा पराजित गरे। 

पहिलो सेटमा ६-० को सानदार जित हात पारेका अल्काराजले दोसो सेटमा पनि ६-१ को जित हाँसिल गरेका थिए। तस्रो सेट भने केही प्रतिस्पर्धात्मक देखियो। तेस्रो सेटमा ६-४ को जतिसहति सोझो सेटमा विपक्षीलाई पराजित गरेका छन। 

तेस्रो सेटमा पलले आफ्नो लय फर्काउँदै खेललाई एक समय ४-३ को अग्रता लिएपनि, त्यसपछि आल्काराजले तीन लगातार गेम जित्दै ९४ मिनेटमै खेल समाप्त गरे।

अब सेमिफाइनलमा आल्काराजको सामना इटालीका लोरेन्जो मुसेट्टीसँग हुनेछ। सातौं वरियताका मुसेट्टीले अमेरिकी खेलाडी फ्रान्सेस टियाफोलाई चार सेटमा हराउँदै पहिलो पटक फ्रेञ्च ओपनको सेमिफाइनलमा स्थान बनाएका हुन्। 

दोस्रो सेटमा केही कमजोर प्रदर्शन देखाए पनि उनले सम्हालिँदै १५औं वरियताका टियाफोलाई पराजित गरे।