नेपाली भलिबल टिमका कप्तान मानबहादुरले लिए सन्यास

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली भलिबल टिमका कप्तान मानबहादुरले लिए सन्यास

काठमाडौं । नेपाली पुरुष सिनियर भलिबल टिमका स्पाइकर मान बहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय भलिबलबाट संन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी जारी गरेर सन्यासको घोषणा गरेका हुन् ।

उनले धेरै सोच विचारपछि संन्यासको निर्णय लिएको र यो निर्णय लिन सहज नभएको बताएका छन् । आफूले सन्यास लिएर नयाँ पुस्ताको लागि ठाउँ खाली गरिदिएको उनको भनाइ छ । नेपाली भलिबल टिमका एघारौँ कप्तान श्रेष्ठको कप्तानीमा गत साउनमा नेपालले काभा पुरुष बीच भलिबल जितेको थियो ।

सन् २०१५ मा ब‌गलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली सिनियर भलिबल टिम डेब्यु गरे थिए । संन्यास घोषणा गर्दै उनले समर्थकलाई धन्यवाद दिएका छन् । मानबहादुर त्रिभुवन आर्मी क्लबलबाट घरेलु भलिबल खेल्छन् । तर उनले घरेलु भलिबलबाट भने संन्यासको घोषणा गरेका छैनन् । उनले सुरुमा नेपाल पुलिसबाट र पछि आर्मीबाट घरेलु भलिबल खेले ।

नेपालले सन् २०१९ मा सेन्ट्रल जोन भलिबलमा कास्य पदक जित्दा उनी उत्कृष्ट आउटसाइड सहायक हिटर बनेका थिए । उनी एक वर्ष तीन महिनायता नेपाली टिमका कप्तान थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.