नेपालले टस जितेर फिल्डिङ गर्दै

वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँगको खेलमा टस जितेर फिल्डिङ रोजेको छ । ओमानको अल अमेरात मैदानमा भइरहेको खेल वर्षाका कारण केही समय ढिलाइ भएको थियो। नेपाल र हङकङ चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपालले प्रिमियर कपका दुई खेल जितेर चार अंक बनाएको छ। हङकङले भने दुई खेलमध्ये एक खेलमा मात्र जित दर्ता गरेको छ।

सुरुवाती २ खेल जितेको नेपाल समूह ए को शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो । कतारविरुद्ध नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरीले इनिङको अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै इतिहास रचेका थिए ।

समूह ए को बलियो टोलीमध्ये एक मानिएको हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरे पनि हिजो सम्पन्न खेलमा साउदी अरबसँग ५५ रनको हार बेहोरेको थियो । नेपालले पछिल्ला चार वर्षमा हङकङसँग पाँच टी-ट्वेन्टी आई खेलेको छ । पाँच भेटमा हङकङलाई तीन पटक हराएको छ भने नेपालले एक हार बेहोरेको छ । एक खेल भने नतिजाविहीन भएको थियो ।

सुरुवाती २ खेल जिते पनि नेपालले पावर प्लेमा राम्रो गतिमा स्कोर बनाउन सकेको छैन । शीर्ष क्रममा ब्याटरको स्ट्राइक रेट पनि खास राम्रो छैन । प्रतियोगिताको उपाधि जित्दै पहिलो पटक टी-२० एसिया कप खेल्ने लक्ष्यमा रहेको नेपालले समूह चरणमै टिमका सबै कमजोरी सुधार्नु आवश्यक छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement