नेपालले ५ विकेट गुमायो

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालले ५ विकेट गुमायो

काठमाडौं । नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टि-ट्वेन्टी खेलमा नेपालले ५ विकेट गुमाएको । दोस्रो इनिङमा १६१ रनक लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले ८.२ ओभरमा ५ विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ । नेपालका लागि लोकेश बमले १७, गुल्शन झाले २६, कुशल भुर्तेलले २, अनिल साह १ र कुशल मल्लले शून्यमा आउट भएका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.