नेपाली राष्ट्रिय फुटबल टिम २५ वर्षपछि युरोपमा खेल्दै

वैशाख १७, २०८१ |खेल ब्युरो
नेपाली राष्ट्रिय फुटबल टिम २५ वर्षपछि युरोपमा खेल्दै

काठमाडौं । इंग्ल्यान्डको पाँचौँ वरियताको एल्डरल्ट फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली फुटबल टिमको आज बिदाइ गरिएको छ । नेपाली टिम २५ वर्षपछि फुटबल खेल्न युरोप जान लागेको हो । यो भ्रमणले युवा टोलीले एक्सपोजर पाउने विश्वास गरिएको छ । 

अखिल नेपाल फुटबल संघ-एन्फाले आज नेपाली टिमको बिदाइ गरेको छ । नेपाली टिम सन् १९९९ पछि पहिलो पटक युरोप भ्रमणमा जान लागेको हो । २५ वर्षअघि गणेश थापा नेतृत्वमा नेपालले पश्चिम जर्मनीमा त्यहाँको टिमसँग खेल्ने अवसर पाएको थियो । एल्डरसट पाँचौ वरियताको क्लब भए पनि त्यहाँको फुटबल परम्पराबाट धेरै कुरा सिक्ने प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिस बताउँछन् । 

एक हप्ताको भए पनि नेपाली टिमले गुणस्तरीय अभ्यास गरेको र युरापमा खेल्न उत्साही रहेको कप्तान किरणकुमार चेम्जोङ बताउँछन् । यो भ्रमण नेपाली टोलीका लागि एक्सपोजरका हिसाबले महत्त्वपूर्ण हुनेछ । नेपालले खेल्न लागेको एल्डरसट यो सिजनको इएफएल लिग डिभिजन थ्रीको आठौँ स्थानमा छ । धेरै नेपाली रहेको एल्डरसटमा नेपाली टिमलाई उत्कृष्ट खेल पस्किन चुनौती छ । 

अब नेपालले जेठ २४ गते र २९ गते युएई र यमनसँग विश्वकप छनोटको खेल खेल्दै छ । विश्वकप छनोटको पछिल्ला चार खेलमा एक गोल पनि गर्न सकेको छैन । छनोटमा अंकविहीन रहेको नेपाललाई अब साख जोगाउने चुनौती छ । इंग्ल्यान्ड भ्रमण पदाधिकारी र खेलाडीको विदेश शयरमात्रै होइन, विश्वकप छनोटका बााकी खेलको तयारीमा समेत केन्द्रित हुनुपर्ने देखिन्छ ।