विश्वप्रकाश शर्मा भन्नुहुन्छ- विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ

पुस १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विश्वप्रकाश शर्मा भन्नुहुन्छ- विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो । उहाँले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भए पनि महाधिवेशन गर्न नसकिएको बताउनु भयो । 

उहाँले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विषेश महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पदान समिति बैठकमा छलफल हुने बताउनु भयो । कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.