विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार हो : विशेष मधिवेशन पक्षधर

पुस १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार हो : विशेष मधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब बढाउँदै लगेका छन् ।

विशेष महाधिवेशन पक्षहरूले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । उनीहरूले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दाबी गरेका छन् । 

नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ । विशेष महाधिवेशन पक्षधरका नेता सुवास पोखरेलले असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य भएको बताउनु भयो । 

नेपाली कांग्रेससँग विशेष महाधिवेशन बाहेक अन्य कुनै विकल्प नभएको उहाँले बताउनु भयो । लोकतान्त्रिक पार्टी भएर पनि विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको वकालत गर्दै नागरिकसमक्ष जान नैतिक अधिकार कांग्रेससँग नहुने उहाँले बताउनु भयो ।

विशेष महाधिवेशनले पार्टीमा फुट नभइ एकता कायम गर्ने विशेष महाधिवेशन पक्षधरहरूको भनाइ छ । उनीहरूले पार्टी विभाजन गर्ने पक्षमा आफूहरू नरहेको पनि बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.