
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले भदौ २३ को घटना अकल्पनीय र नेपालको इतिहासमा दुःखद् भएको बताउनु भयो ।
उहाँले नागरिका असन्तोष र आक्रोश सडकमा देखिदा सरकारले सजगता र संवेदनशीलता देखाउनु पर्ने बताउनुभयो । त्यस दिन भएको घट्नाको तत्कालीन सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने महामन्त्री थापाले दोहोर्याउनु भयो।
त्यसअवसरमा महामन्त्री थापाले कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने पनि घोषणा भयो । उहाँले महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय आएको पनि बताउनु भयो । उहाँले महाधिवेशन बिना नेपाली काँग्रेस निर्वाचनमा नजाने प्रष्ट पार्नुभयो । उहाँले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य हुनुपर्ने दोहोर्याउनु भयो ।
अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्नुहुँदै समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।