संसद् पुनःस्थापना र संविधान रक्षाका लागि एकजुट हुन ओलीद्वारा सबै पक्षलाई आग्रह

फेसबुकमा भनेको भरमा पद नछाड्ने जिकिर
आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद् पुनःस्थापना र संविधान रक्षाका लागि एकजुट हुन ओलीद्वारा सबै पक्षलाई आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाको पक्षमा एकजुट हुन सबैलाई आग्रह गर्नुभएको छ ।

केन्द्रीय कमिटीको बैठकमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षा तथा संसद् पुनःस्थापनाको पक्षमा एकजुट हुन सबैलाई आग्रह गर्नुभएको हो । यसका लागि सबै दल, संघ-संस्था बौद्धिक समुदाय तथा नागरिक समाज एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयो । संकटको घडीमा देश जोगाउनुपर्ने भएकाले संविधान रक्षाका लागि उभिन उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले कसैले फेसबुकमा भनेको भरमा र अखबारबाजी गरेको भरमा आफू नेतृत्वबाट नहट्ने पनि जिकिर गर्नुभयो । केन्द्रीय कमिटीले आदेश दिने हो भने चाहिँ आफू जे पनि गर्न तयार रहेको उहाँको भनाइ छ । उहाँले विगतमा पार्टी छाडेर जानेहरूलाई पुनः फर्कन पनि आह्वान गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.