मधेश प्रदेशका मुख्यमन्त्री आज चौथो पटक विश्वासको मत लिँदै

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेशका मुख्यमन्त्री आज चौथो पटक विश्वासको मत लिँदै

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिँदै छन् ।

सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिनकै लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीसँग स्पष्ट बहुमत रहेको छ ।

१ सय ७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । एक प्रदेशसभा सदस्य भने फरारको सूचीमा छन् । कांग्रेस र जनमत पार्टी भने अहिले प्रतिपक्षमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement