नयाँ हुन् कि पुराना, राजनीतिक दलका लागि सत्ता मात्रै सबैथोक भयो : प्रदीप पौडेल

'कानुनबाट चल्नुपर्ने देश सिन्डिकेटबाट चलेको छ'
चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
नयाँ हुन् कि पुराना, राजनीतिक दलका लागि सत्ता मात्रै सबैथोक भयो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्ता मात्रै सबै थोक भएको बताएका छन् । बुधवार विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत कार्यक्रममा पौडेलले नयाँ हुन् कि पुराना राजनीतिक दल सबैले सत्तालाई नै महत्वपूर्ण ठानेको बताए । सत्ता केन्द्रित राजनीतिले लोकतन्त्रको रक्षा हुन नसक्ने पौडेलको भनाइ थियो । 

उनले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरु मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको आरोप लगाए । पौडेलले भने, 'सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरु उठाउन सक्छन् । तर, अहिले नागरिक आन्दोलन पनि कमजोर भएको अवस्था छ ।' 

सांसद पौडेलले चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्ने कुरा मात्रै लोकतन्त्र नभएको बताए । 'राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जवाफदेही बन्नु नै लोकतन्त्र हो । अहिले कानुनबाट चल्नुपर्ने देश ट्रस्टीबाट चलेको छ । कोही त्यो ट्रस्टीभित्र छिर्छ, कोही निस्किन्छ, निश्चित ट्रस्टीले मनपरी ढंगबाट देश चलाइरहेको स्थिति छ,' पौडेलले प्रश्न गरे, 'यो त सिन्डिकेट भयो । देश त कानुनले चलाउनुपर्‍यो नि । संविधानबाट चल्नुपर्छ । केही मानिसहरुबाट चलाएर हुन्छ ?’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement