प्रदेश सरकारको भागबन्डा मिलाउन ३ दलका शीर्ष नेताबीच छलफल

चैत्र १२, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश सरकारको भागबन्डा मिलाउन ३ दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रदेश सरकारको भागबन्डाको विषयलाई लिएर छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा प्रदेश सरकारबारे छलफल भएको हो ।

छलफलमा सातवटा प्रदेशमध्ये तीन वटाको मुख्यमन्त्री एमाले र दुई वटाको माओवादी केन्द्रले लिने अनौपचारिक सहमति भएको छ । यसैगरी जसपा र एकीकृत समाजवादीले एक-एक प्रदेशको नेतृत्व लिने अनौपचारिक सहमति भएको छ ।

मधेश प्रदेश जसपाले लिने सहमति भए पनि अन्यमा दलहरुको आ-आफ्नै दाबी छ । एमालेले कोशीसहित कर्णाली र गण्डकीको दाबी गरिरहेको छ भने माओवादी केन्द्रले लुम्बिनी, बागमती र सुदूरपश्चिमध्ये दुईमा दाबी गरेको छ । त्यसैगरी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.