संवैधानिक परिषद्का सबै निर्णय सर्वसम्मत हुनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ

प्रधानमन्त्रीलाई बलियो बनाउन सरकारका प्रवक्ताको सुझाव
वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
संवैधानिक परिषद्का सबै निर्णय सर्वसम्मत हुनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्ने बताउनु भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गर्दै गृहमन्त्री लामिछानेले परिषद् बैठकमा सबै सदस्य अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था चाहिने बताउनुभयो । प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्ने उहाँको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । विधेयकलाई समिति र संसदले सहमतिमा अघि बढाए सरकार बाधक नबन्ने स्पष्ट पार्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.