काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा इलाम-२ बाट निर्वाचित सुहाङ नेम्वाङले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा सपथ लिनुभएको हो । उहाँलाई सभामुख देवराज घिमिरेले सपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिनुभएको थियो ।
नवनिर्वाचित सांसद नेम्वाङले इलामलगायत देशभरको जनताले बोलिरहेका मुद्धा उठाउने बताउनुभएको छ। प्रतिनिधिसभा सदस्यको सपथ ग्रहणपछि संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी सांसद नेम्वाङले अहिले संसद् सत्तारुढ दल र विपक्षीबिच देखिएको विवादलाई वार्ता र संम्वादबाटै सहमतिमा टुङग्याउनु पर्ने बताउनुभयो ।
बैशाख १५ गते भएको इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्कालाई पराजित गर्नुभएको थियो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको गत बर्ष भदौमा निधन भएपछि इलाम-२मा उपनिर्वाचनमा भएको थियो ।