यादव नेतृत्वको जसपा दलविभाजनविरुद्ध अदालत जाने

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
यादव नेतृत्वको जसपा दलविभाजनविरुद्ध अदालत जाने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल दलविभाजनविरुद्ध अदालत जाने भएको छ ।

पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने जानकारी दिनु भएको हो । दलविभाजन सम्बन्धी कानुन नै नभएका बेला यसरी दल दर्ता हुनु असंवैधानिक भएको भन्दै उहाँले आयोगको निर्णयविरुद्ध अब छिट्टै अदालत जाने तयारी भइरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले आफू अमेरिका भ्रमणमा रहेका बेला प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर व्यक्तिगत स्वार्थका लागि  पार्टी फुटाइएको बताउनुभयो । दुई तिहाइभन्दा बढी नेता जसपा नेपालमै  रहेको दाबी गर्दै उहाँले विभाजित  भएर गएको जनता समाजवादी पार्टीलाई समेत सुध्रिएर आउन आग्रह गर्नुभयो । 

पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्न अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकसमेत बोलाउनु भएको थियो । अशोक राईको नेतृत्वमा दर्ता भएको जनता समाजवादी पार्टीलाई सोमबार नै निर्वाचन आयोगले दर्ता गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.