सिन्धुली । संघीय राजधानी काठमाडौंदेखि काभ्रे, सिन्धुली हुँदै पूर्वतर्फ जान र आउन लाइफलाइन मानिने वीपी राजमार्ग अशोज ११ र १२ गतेको वर्षापछिको बाढी र पहिरोले अवरुद्ध छ ।
रोशी खोला र सुनकोशी नदीको बाढीले ठाउँ-ठाउँमा राजमार्ग भत्काएको मात्रै छैन, पहिरोले समेत दर्जनौं स्थानमा सडक पुरेको छ । दशैंको मुखमा वीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु हैरानीमा छन् । वीपी राजमार्ग कहिले सञ्चालनमा आउँछ भन्ने यकिन समेत छैन । बाढी-पहिरोले अवरुद्ध वीपी राजमार्गका केही स्थानका तस्बीर यस्ता छन्: