लोकतान्त्रिक आन्दोलनका नेता तथा पूर्वमन्त्री तीर्थराम डंगोलको निधन

वैशाख १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
लोकतान्त्रिक आन्दोलनका नेता तथा पूर्वमन्त्री तीर्थराम डंगोलको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। ७७ वर्षको उमेरमा गएराति ११ बजे केएमसी अस्पतालमा उहाँको निधन भएको हो।

डंगोलको पार्थिव शरीरलाई उहाँको निजी निवासमा राखिएको बताइएको छ । डंगोलको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने छ ।

उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । विरामी भएका कारण उहाँ लामो समय देखि राजनीतिक गतिविधिमा थिएनन् । उहाँ लोकतान्त्रिक आन्दोलनका नेता समेत हुनुहुन्थ्यो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.