रामेछापमा विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना

वैशाख ९, २०८२ |नवराज श्रेष्ठ
रामेछापमा विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको कार दुर्घटनामा परेको छ । 

आज विहान सदरमुकाम मन्थलीबाट २ जना फ्रान्सेली पर्यटक लिएर काठमाडौँ जाँदै गरेको बा २१ च ३१३७ नम्बरको कार खाँडादेवी गाउँपालिका-३ भिरपानी स्थित गोगनपानी सडक खण्डअन्तर्गत चहरि खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको कारमा सवार दुवै जना पर्यटक र चालक सकुशल रहेको खाँडादेवी गाउँपालिका-३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिनुभयो ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।