मोरङको रंगेलीमा सामाजिक सुरक्षा भत्ता लिन सास्ती

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
मोरङको रंगेलीमा सामाजिक सुरक्षा भत्ता लिन सास्ती

मोरङ । रंगेली नगरपालिकाका जेष्ठनागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको छ ।  राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सामाजिक सुरक्षा बापतको रकम पाउन ज्येष्ठ नागरिकहरु चर्को घाममा लाइन बस्नुपर्ने अवस्था छ । भत्ता लिन जानेहरु बिहानैदेखि बैंकमा पुगे पनि भीडका कारण समयमै भत्ता नपाउँदा हैरान बनेका छन् । 

राष्ट्रिय वाणिज्य बैंकले भत्ता रकम सजदै दिन नसक्दा निकै दुःख पाएको स्थानीय सीतादेवी श्रेष्ठले बताउनु भयो । सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता रकम उपलब्ध गराउँदै आए पनि सहज व्यवस्थापन गर्न नस्कदा भत्ता लिनेहरुले सधैं कठिनाइ भोग्नु परिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement